राजपाको युवा संघ अध्यक्षसहितका नेता माओवादी केन्द्रमा प्रवेश


७ कार्तिक २०७४, मंगलवार

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) सम्बद्ध तराई मधेस स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पटेल, महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पटेल, तराई मधेस विद्यार्थी फन्टका नेता सन्देश पटेललगायतका नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

CPN Maoist Center logo 1
युवा नेताहरु मंगलबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । राजपाका युवा नेताहरुको माओवादी केन्द्रमा प्रवेशसँगै अधिकांश केन्द्रीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी रहेको र त्यसका लागि छुट्टै पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने नेता पटेलले जानकारी दिए ।
माओवादी केन्द्र प्रवेश गर्दै संघका केन्द्रीय अध्यक्ष अजय पटेलले राजपाले मधेसका मुद्दा सत्ता स्वार्थसँग साटेको, मधेसी जनतालाई आन्दोलनका नाममा धोका दिएको, राष्ट्रिय एकता कमजोर बनाएको, पार्टीलाई आफ्ना परिवारको भर्ती केन्द्र बनाएकाले आफूले राजपा छोडेको बताए ।
‘राष्ट्रिय एकताको पक्षधर एवं मधेसी अधिकारका पक्षमा लड्ने एक मात्र पार्टी माओवादी भएकाले म माओवादी केन्द्रमा आएको हुँ’ नेता पट्टेलले भने।
पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मधेसी जनताले क्रमशः माओवादी केन्द्र नै देशको एकता, आर्थिक समृद्धि र मधेसको अधिकारका पक्षमा लड्ने पार्टी भएको बुझ्दै गएको बताए  ।  प्रचण्डले भने, ‘अन्ततः माओवादी नै देशको हित र मधेसीको अधिकार चाहने शक्ति भएको जनताले बुझ्दै गएका छन् । तपाईहरुको माओवादी प्रवेशले राष्ट्रिय एकता बलियो बनाउन र परिवर्तनको पक्षमा अघि बढ्न थप बल मिलेको छ । आज पार्टीमा प्रवेश गर्ने साथीहरुलाई हामी उचित जिम्मेवारी दिनेछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७