प्रधानसेनापति शर्मा भारत प्रस्थान : राणालाई कामुको जिम्मेवारी


७ आश्विन २०८०, आईतवार

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा आइतबार भारत प्रस्थान गरेका छन् । भोलि (सोमबार) देखि असोज १० गतेसम्म नयाँदिल्लीमा आयोजना हुने १३ औँ इन्डो–प्यासिफिक आर्मिज चिफ (आईपीएसीसी) मा सहभागी हुन प्रधानसेनापित त्यसतर्फ प्रस्थान गरेका हुन् ।

F6xtUs boAAQpax

प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो । भारत प्रस्थान गर्नु पूर्व आइतबार नै प्रधान सेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन् । भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति असोज ११ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७