गृहमन्त्रीलाई रविको प्रश्न : पार्टीको दवाव थेग्न नसक्नु भएको हो ?


२०८० असोज ७ आइतबार ०७:२१ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारूढ दलका नेताहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले सो प्रकरणमा सत्तारूढ दलका मानिसमाथि गहिरो अनुसन्धान नभएको बताएका हुन् । उनले अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको टिप्पणी गरे । उनले पार्टीको दबाब थेग्न नसकेको हो ? भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन् ।

‘प्रहरी केही गर्न चाहन्छ, राजनीतिक हस्तक्षेप भयो, के भयो कुन्नी मिडिया ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको छ । त्यो कन्फिडेन्ट गृहमन्त्री ज्युले प्रहरीलाई दिन नसक्नु भएको हो कि ?,’ उनले भने, ‘अथवा पार्टीभित्रको दबाब तपाईले थेग्न नसक्नु भएको हो ? यो स्पष्ट पार्नु पर्‍यो । अनुसन्धानले सुन पानी छर्किने काम भएको महसुस भएको छ ।’

सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरूले गरेको भए पनि सलाईको काँटी जति पनि नपड्किएको भन्दै टिप्पणी उनले गरे । शंकाको घेरामा रहेका व्यक्तिहरू मोबाइल फर्म्याट गरेर प्रहरीकामा पुगेको भन्दै उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भनी आशंका व्यक्त गरे ।

सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शंकास्पद व्यक्तिलाई अनुसन्धानले ‘सुनपानी छर्कने’ काम गरेको बताए । अनुसन्धान अपुरो भएको भन्दै उनले अदालतले गर्ने न्याय निरूपण पनि आलोचित हुन सक्ने आशंका व्यक्त गरे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७