यस्ताे थियाे सन्दीपको आइपिएलमा ३ खेलकाे १२ ओभर


७ जेष्ठ २०७५, सोमबार
Ddpb 3FVwAEgBRF

काठमाडौं, ७ जेठ । नेपाली क्रिकेटका स्पिनर खेलाडि सन्दीप लामिछाने इण्यिन प्रिमियर लिग आइपिएलमा छनौट हुने पहिलो खेलाडि हुन् । उनी आइपिएलको अक्सनमा २० लाख भारुमा दिल्ली डेयर डेभिल्सले खरिद गरे । वैकल्पिक खेलाडिको रुपमा किनिएका सन्दीपले आइपिएलमा डेब्यु पाउने नपाउने पक्का थिएन् ।sandeep lamichhane 2

कोलकतालाई नाइट रार्डसलाई आइपिएलको उपाधी समेत जिताई सकेको गौतम गाम्भिरको नेतृत्वमा रहेको दिल्लीको टिमले निरन्तर खराब प्रर्दशन ग¥र्यो । खेलेको ६ खेलमा १ खेलमा मात्र जित्न सक्यो । त्यसपछि गौतम गम्भिरले कप्तानबाट राजिनामा दिए । २३ बर्षिय श्रेयस अय्यर दिल्लीका कप्तान चुनिए ।

नयाँ कप्तानपछि दिल्ली ११ खेल खेलिसक्दा २ खेल जिते । तालिका पुच्छारमा रहेको दिल्ली प्रत्येक खेल खेलाडिहरुलाई टेष्ट गरिरहे । यसैक्रममा नेपाली खेलाडि सन्दीप लामिछानेले दिल्लीको १२ खेलमा रोयल च्यालेन्जर बैंग्लोर (आरसीबी) विरुद्ध मैदानमा उतारे । करिब डेढ महिनाको प्रतीक्षापछि आईपीएलको ४५ औं खेलमा सन्दीपले उक्त अवसर पाएका हुन् ।

१२ औँ खेलमा ‘प्लेइङ इलेभन’ पर्ना साथ कतिबेला बलिङ गर्न पाउने हो भन्ने जिज्ञासा र चासो नेपाल र भारत दुवै मुलुकका क्रिकेटप्रेमीमाझ भएको थियो ।

सबैलाई आश्चर्यमा पार्दै दिल्लीका कप्तान श्रेयस ऐय्यरले बलिङ आक्रमणको सुरुआत गर्ने अवसर पनि सन्दीपलाई नै दिए । उनकै टिममा पनि ट्रेन्ट बोल्ट, अमित मिश्राजस्ता विश्वकै धारिला बलर थिए ।

सन्दीपको उत्कृष्ट डेब्यु
सन्दीपले पहिलो ओभरमा दुई रन मात्र दिए । सन्दीप दोस्रो स्पेलमा टिमका लागि विकेट लिन सफल भए । त्यो पनि विपक्षी टिमका ओपनिङ ब्याट्सम्यानको विकेट । आफ्नो दोस्रो ओभरको चौथो बलमा उनले आईपीएलको चालु सिजनमा आक्रामक ब्याटिङ गर्दै आएका पार्थिव पटेललाई एलबीडब्लू आउट गरे ।

आरसीबीका कप्तान विराट कोहली र एबी डि भिलियर्सले दिल्लीका बलरहरूलाई मैदानको चारैतिर विस्फोटक प्रहार गरिरहेका थिए । दिल्लीका कप्तान श्रेयसले पुन : एक पटक सन्दीपलाई नै बलिङको जिम्मा दिए । अघिल्लो ओभरमा १३ रन हिर्काएका कोहली र डी भिलियर्सको जोडी सन्दीपको व्यक्तिगत तेस्रो ओभरमा आठ रनमात्र बनाउन सफल भयो ।

यस्तै चौथो ओभरमा १० रन दिए । समग्रमा उनले ४ ओभर बलिङ गर्दै १ विकेट लिएर २५ रन मात्र दिए । जुन दिल्लीका लागि म्याचकै उत्कृष्ट प्रदर्शन थियो ।

दोस्रो खेलपछि स्टाइलिस खेलाडीको उपाधि
आइपीएलमा सन्दिप लामिछाने एकाएक चम्किए । उनले आफ्नो नामसँगै देशको गौरव बढाएमा नेपालीहरू अत्यन्तै हर्षित छन् । खेलपछि प्रतिक्रिया दिदाँ प्रत्येक पल्ट नेपालको नाम लिने गरेका थिए । आइपिएलका पछिल्ला दुई खेलपछि उनले स्टालिस खेलाडिको उपाधी समेत हात पारे । दोस्रो खेलमा सन्दिपल चेन्नाई सुपर किंग्स विरुद्धको खेलमा उत्कृष्ट वलिङ गर्दै सुरेश रैनालाई आउट गरिदिए भने धोनीलाई आच्छुआच्छु पारिदिए ।

उनले चेन्नाईविरुद्ध शुक्रबारको खेलमा ४ ओभर खेल्दा मात्रै २१ रन दिएका थिए भने १ विकेट पनि हात पारेका थिए । उनले १० बल डट फालेर विपक्षीलाई दवावमा पारे ।

रैनाको विकेट लिएसँगै सन्दिपले महेन्द्र सिंह धोनीलाई आच्छुआच्छु पारेको थिए । चौका छक्का ठोक्ने धोनीले समेत सन्दिपको बलमा जादू चलाउन सकेनन् । दोस्रो खेलमा दोस्रो ओभरमा बलिङ गर्न आएका थिए ।

यस्तो थियो प्रर्दशन ।
सन्दीपको पहिलो ओभर( दोस्रो)
पहिलो बलः सन्दीप टू वाट्सन, डट
दोस्रो बलः सन्दीप टू वाट्सन, २ रन
तेस्रो बलः सन्दीप टू वाटसन, डट
चौथो बलः सन्दीप टू वाटसन, डट
पाँचौ बलः सन्दीप टू वाटसन, डट
छैठौं बलः सन्दीप टू वाटसन, डट
२ रन, ५ बल डट

सन्दीपको दोस्रो ओभर(११औं)
पहिलो बल : सन्दीप टू धोनी, एक रन
दोस्रो बल : सन्दीप टू सुरेश रैना, एक रन
तेस्रो बल : सन्दीप टू धोनी, एक रन
चौथो बल : सन्दीप टू रैना, एक रन
पाँचौ बल : सन्दीप टू धोनी, एक रन
छैटौ् बल : सन्दीप टू रैना, एक रन
६ रन
सन्दीपको तेस्रो ओभर(१४औं)
पहिलो बल : सन्दीप टू रैना, आउट
दोस्रो बल : सन्दीप टू बिलिङ्स, एक रन
तेस्रो बल : सन्दीप टू धोनी, एक रन
चौथो बल : सन्दीप टू विलिङ्स, डट
पाँचौ बल : सन्दीप टू बिलिङ्स, डट
छैटौ् बल : सन्दीप टू बिलिङ्स, एक रन
२ रन, १ विकेट, ४ बल डट

सन्दीपको चौथो ओभर(१७औं)
पहिलो बलस् सन्दीप टू रविन्द्र जडेजा, छक्का
दोस्रो बलस् सन्दीप टू जडेजा, २ रन
तेस्रो बलस् सन्दीप टू जडेजा, एक रन
चौथो बलस् सन्दीप टू धोनी, एक रन
पाँचौ बलस् सन्दीप टू जडेजा, एक रन
छैटौ् बलस् सन्दीप टू धोनी, डट
११ रन, १ बल डट

तेस्रो खेलमा : ४ ओभर ३ विकेट ३६ रन

पहिलो आभेर : १३ रन, १ विकेट, १ डट
तेस्रो खेलमा उनले ओपनिङ बलिङ गरे । सन्दीपविरुद्ध सुरुवातमै ओपनर सुर्यकुमार यादव आक्रमक देखिए । पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गरे । तेस्रो बलमा २ रन लिए । चौथो बलमा भने सन्दीपले सुर्यकुमारको विकेट लिए ।
पाँचै बलमा इभिन लुइसले एक रन लिए । भने अन्तिम बलमा भर्खरै क्रिजमा आएका इसान किसनले कुनै रन लिन सकेनन् ।

दोस्रो ओभर(दिल्लीको दशौं): ६ रन, २ विकेट, ३ डट
दिल्लीको दशौं ओभरमा सन्दीप सर्वा्धिक सफल रहे। पहिलो बलमा उनले वेष्ट इण्डिजका किरण पोल्याण्डको विकेट लिए। ७ रनमा खेलिरहेका पोलार्डलाई सन्दीपले टे«न्ट बोल्टको हातबाट क्याच गराएका थिए ।
दोस्रो बलमा क्रुनल पाण्ड्याले सन्दीपलाई चौका प्रहार गरे । तेस्रो बलमा पाण्ड्याले कुनै रन लिन सकेनन् । चौथो बलमा सन्दीपले पाण्ड्याको विकेट पनि लिए । पाँचौ बलमा हार्दिक र छैटौं बलमा शर्माले १–१ रन दिए ।

Ddpb 3FVwAEgBRF

तेस्रो ओभर(दिल्लीको १२औं): १३ रन, १ डट
१२औं ओभरमा तेस्रो ओभर फाल्न आएका सन्दीपको पहिलो बलमा हार्दिकले छक्का र दोस्रो बलमा चौका प्रहार गरेका थिए । तेस्रो बलमा हार्दिकले एक रन लिए भने चौथो बलमा रोहित शर्माले १ रन लिए । पाँचौ बलमा हार्दिकले कुनै रन लिन सकेनन् । अन्तिम बलमा उनले १ रन लिएका थिए।

चौथो ओभर(दिल्लीको १६औं ओभर): ४ रन, ४ डट
सन्दीपले १६ औं ओभरमा ४ रन दिए भने ४ बल डट फाले । पहिलो बलमा बेन कटिङले कुनै रन लिन सकेनन् । दास्रो बलमा एक रन लिए । तेस्रो बल मयांक मकेन्डेलाई सन्दीपले वाइड फाले । पुनः तेस्रो बल, चौथो र पाँचौ बलमा मयांकले कुनै रन लिन सकेनन् । अन्तिम बलमा भने उनले दुई रन लिए।

दिल्लीको टोलीमा को कतिमा किनिएका थिए ?
श्रेयश ऐर (भारत, अलराउन्डर)करार थप
ऋषभ पन्त (भारत, ब्याट्सम्यान)करार थप
क्रिस मोरिस (दक्षिण अफ्रिका, अलराउन्डर)करार थप
ग्लेन म्याक्सवेल (अस्ट्रेलिया, अलराउन्डर) भारु ९ करोड
कागिसो रबाडा (दक्षिण अफ्रिका, बलर) भारु ४.२ करोड
अमित मिश्रा (भारत, बलर) भारु ४ करोड
सहबाज नदिम (भारत, बलर) भारु ३.२ करोड
विजय शंकर (भारत, अलराउन्डर) भारु ३.२ करोड
राहुल टेवाटिया (भारत, अलराउन्डर) भारु ३.२ करोड
मोहम्मद सामी (भारत, बलर) भारु ३ करोड
गौतम गम्भीर (भारत, ब्याट्सम्यान) भारु २.८ करोड
ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड, बलर) भारु २.२ करोड
कोलिन मुनरो (न्युजिल्यान्ड, अलराउन्डर) भारु १.९ करोड
ड्यानिएल क्रिस्टियन (अस्ट्रेलिया, अलराउन्डर) भारु १.५ करोड
जेसन रोय (इंग्ल्यान्ड, ब्याट्सम्यान) भारु १.५ करोड
नमन ओझा (भारत, विकेटकिपर) भारु १.४ करोड
पृथ्वी सअ (भारत, ब्याट्सम्यान) भारु १.२ करोड
गुर्किरातमान सिंह (भारत, अलराउन्डर) भारु ७५ लाख
आभेश खान (भारत, बलर) भारु ७० लाख
अभिषेक शर्मा (भारत, अलराउन्डर) भारु ५५ लाख
जयन्त यादव (भारत, अलराउन्डर) भारु ५० लाख
हर्षल पटेल (भारत, अलराउन्डर) भारु २० लाख
मनजोत कालरा (भारत, ब्याट्सम्यान) भारु २० लाख
सन्दीप लामिछाने (नेपाल, बलर) भारु २० लाख
सायन घोष (भारत, बलर) भारु २० लाख

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७