मड्रिड डर्बीमा एथलेटिकोको जित


८ आश्विन २०८०, सोमबार

मड्रिड । अल्भारो मोराटाले दुई गोल गरेपछि एट्लेटिको मड्रिडले आफ्नो चीर प्रतिद्वन्द्वीमाथि शानदार जित निकाल्दै ला लिगामा रियल मड्रिडको शतप्रतिशत सुरुवातमा पूर्ण विराम लगाएको छ । आइतबार राति भएको खेलमा एट्लेटिको ३–१ गोलले विजयी बन्यो ।

रियलका पूर्व फरवार्ड मोराटाले सामुएल लिनोको खतरनाक क्रसलाई गोलमा परिणत गर्दा एट्लेटिकोले चार मिनेटमै अग्रता लिएको थियो । एन्टोनी ग्रिजम्यानले अर्को हेडरको साथ २–० को अग्रता बनाए ।

टोनी क्रुसले रियलका लागि एक गोल फर्काए पनि दोस्रो हाफको सुरुवातमा नै साउल निगुएजको बललाई जाली चुमाउँदै मोराटाले एट्लेटिकोको जित सुनिश्चित गरे । जितले एट्लेटिकोलाई तालिकाको पाँचौँ स्थानमा पुर्‍याएको छ, जबकि यस सिजनमा पहिलो पटक अङ्क गुमाएको रियल बार्सिलोना र जिरोना पछि तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७