‘गुण्डाराज’ विरुद्ध गृहमन्त्री, भने, ‘तत्काल गुण्डा र तस्करहरुलाई पक्रिनुस्’


७ जेष्ठ २०७५, सोमबार
rbt copy

काठमाडौं, ७ जेठ । गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना गर्ने बताएका छन् ।rbt copy

भक्तपुरमा सोमबार आयोजना गरिएको शहीद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा बोल्दै उनले देशभर देखिएको गुण्डाराज, अपराध, तस्करी, महिलाहिंसा, भष्ट्राचार अन्त्य गर्न सरकार सक्रिय रहेको बताए । अब गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुने उनको भनाई थियो ।

जिल्लामा हप्ता असुली गर्दै आएका सबै गुण्डाहरुलाई समेत कार्वाही गर्न गृहमन्त्री थापाले प्रशासनलाई निर्देशन दिए । उनले भने, ‘गुण्डागर्दी गरेर समाजमा आतंक सिर्जना गर्नेहरुलाई एक–एक गरेर फक्रिनुस् ।’ देशमा रहेको सबै प्रकारको सिण्डिकेटको अन्त्य गर्ने बताउँदै मन्त्री थापाले यस्तो प्रवृत्तिको अन्त्य गर्दै यो सरकार विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताए । मुलुक भ्रष्ट्राचार र तस्करीको कारण मुलुकको विकास अवरुद्ध भएको बताउँदै सरकार भ्रष्टाचार र तस्करीको अन्त्य गर्ने उनको भनाई थियो ।

उनले जनयुद्धका शहीद तथा वेपत्ताका परिवारलाई उचित सम्मान र सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै गृहमन्त्री थापाले अहिलेको समाजवाद उन्मुख संघीय सरकार निर्माणमा शहीद र बेपत्ता योद्धाहरुको बलिदानबाट नै आजको उपलब्धि हासिल भएको दावी गरे । बेपत्ता नागरिक र शहीदले देखेको सपना अझै पूरा नभएकाले भन्दै शहीद र बेपत्ता परिवारको सपना साकार पार्न वर्तमान सरकार प्रतिवद्ध रहेको चर्चा गरेका थिए ।

भक्तपुरमा प्राकृतिक स्रोतको दुरुपयोग गरी भूमिदोहन मौलाएको भन्दै अवैध बालुवा उत्खनन्लाई रोक्न उहाँले भक्तपुरका प्रहरी प्रशासनलाई निर्देशन दिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता दिलकृष्ण प्रजापति, देवेन्द्र श्रेष्ठ, जिल्ला संयोजक डिपी ढकाललगायतले वर्तमान सरकारले परिवार र शहीद परिवारका सम्मान गर्दै मुलुकलाई समृद्धितर्फ लानु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७