हाइड्रोपावरको सुरुङमा पुरिएर रामेछापमा एक मजदुरको मृत्यु

रामेछाप । रामेछापको गोकुलगंगास्थित खिम्ती खोला (दोस्रो) जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको माटोले पुरिएर मृत्यु भएको छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका ३ रस्नालुका ३६ वर्षीय आङ्काजी शेर्पाको सुरुङभित्रै पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । सुरुङभित्र फलामे रड चेकजाँच गर्ने क्रममा दाहिने साइडबाट ढुंगा माटो खसेर उनलाई पुरेको आयोजनाले जनाएको छ ।
सुरुङको १३ सय मिटरभित्र पुरिएको शव आइतबार साँझ जेसीबीको सहयोगमा निकालिएको प्रहरीले जानकारी दिएको छ ।