एमालेकाे बागमती प्रदेश अधिवेश शुरु : ड्रोनले ब्यानर उडायो, रिमोर्टले दियो बाल्यो


८ आश्विन २०८०, सोमबार
amale

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको पहिलो बागमती प्रदेश अधिवेशन शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डमा एमालेले अधिवेशन उद्घाटन समारोहलाई हाइटेक बनाएको छ । ड्रोनले अधिवेशनको ब्यानर उडयो भने रिमोट कन्ट्रोलरबाट दियो बालिएको छ ।

देश संघीयतामा गएपछि एमालेले पार्टीलाई संघीय संरचनाअनुसार पुनःसंरचना गरे पनि प्रदेशको अधिवेशन पहिलो पटक हुन लागेको हो । अधिवेशनले नयाँ प्रदेश कमिटी चयन गर्नेछ । अधिवेशनमा १ हजार ८० जना प्रदेश अधिवेशन प्रतिनिधिले भाग लिएका छन् ।

प्रदेश कमिटीको नेतृत्व लिन आधा दर्जन नेताले इच्छा देखाएका छन् । सकेसम्म सर्वसहमतिबाट नेतृ्त्व चयन गर्ने र सर्वसहमति हुन नसके चुनाव गराउने एमालेको तयारी छ । यसअघि नेकपा एमाले लुम्बिनीको पहिलो अधिवेशन सम्पन्न भइसहेको छ । जहाँ चुनावबाट कमिटी चयन गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७