कोशीमा मन्त्रिपरिषद विस्तार : दुई मन्त्री र दुई राज्यमन्त्री थपिए


८ आश्विन २०८०, सोमबार
Hikmat karki 2

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज (सोमबार) मुख्यमन्त्री कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

mantri1695638392

खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बुद्धिकुमार राजभण्डारी नियुक्त भएका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । त्यस्तै, उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्रीमा रामप्रसाद मेहता र आर्थिक मामिला तथा योजना मन्त्रीमा निरन राई नियुक्त भएका छन् । दोस्रो पटक विस्तारित मन्त्रिपरिषद् सदस्यसहित कोशीको मन्त्रिपरिषद् नौं सदस्यीय बनेको छ । नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले केहीबेरमा शपथ लिनेछन् । प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी भइरहेको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्कीले २० असोजभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । तर, मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना निकै कम छ ।

k 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७