भूमिकाविहीन वामदेव गौतमलाई ओलीले दिंदैछन् यस्तो महत्वपूर्ण जिम्मेवारी


७ जेष्ठ २०७५, सोमबार
Bamdev Gautam 2

काठमाठौं, ७ जेठ । राजनीतिमा सक्रिय रहेर पनि विशेष भूमिकामा नरहेका नेकपा नेता वामदेव गौतमलाई केपी ओलीको सरकारले महत्वपूर्ण जिम्मेवारी दिने भएको छ ।

Bamdev Gautam 2
नेकपा नेता वामदेव गौतम । तस्विर : फाइल

तत्कालीन एमालेका उपाध्यक्ष रहेका गौतमले बर्दियाबाट संसदीय चुनाव हारेका थिए । त्यसपछि उनी भूमिकाविहीन जस्तै बनेका थिए । जिम्मेवारीका हिसाबले पार्टीमा पनि उनको विशेष जिम्मेवारी छैन् । त्यसैले गौतमले विकास र समृद्धिको क्षेत्रमा रुची देखाएका छन् । गौतमको सोही रुची बमोजिम प्रधानमन्त्री ओलीले कार्यकारी नेतृत्व दिने गरी प्राधिकरणको जिम्मेवारी दिन लागेको स्रोतको दावी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्ष नेता गौतमलाई विकास निर्माण प्राधिकरणको जिम्मा दिन लागेको ओली निकट स्रोतले जानकारी दिएको छ । सरकारले निकट भविष्यमै शक्तिशाली विकास निर्माण प्राधिकरण गठन गर्दैछ ।
ओलीसँगै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि गौतमलाई प्राधिकरणको जिम्मेवारी दिन सहमत भएको स्रोतले बताएको छ । पूर्व उपप्रधान मन्त्री समेत रहेका गौतमले गत पुसमा नेपाल नव निर्माण महाअभियान नामक पुस्तक समेत प्रकाशित गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७