थाईल्याण्डका चर्चित मानव अधिकारकर्मी नाम्पालाई चार वर्षको जेल सजाय


१० आश्विन २०८०, बुधबार
12021356 1599129445 2020 09 03T103136Z 1 LYNXMPEG820TJ RTROPTP 4 THAILAND PROTESTS

काठमाडौँ । राजसंस्थाको सरंक्षण गर्ने कानुनको चर्को विरोधबीच थाईल्याण्डका एक चर्चित मानवअधिकारकर्मी आनोन नाम्पालाई चार वर्ष जेल सजाय सुनाइएको छ । नाम्पामाथि थाई राजा महा वाचिरालोङ्कोर्नको भूमिकाबारे सार्वजनिक बहस हुनुपर्ने माग गरेको र राजाको अपमान गरेको अभियोग छ ।

यसै वर्षको शुरूमा चुनाव जितेको पार्टीले कानुनमा संशोधन गर्ने वाचा गरेको भए पनि अधिकारकर्मी नाम्पालाई दिइएको सजायले राजसंस्थाको आलोचना गर्न नपाइने विवादित कानुन बहाल रहने सङ्केत गरेको छ । सन् २०२० मा भएको प्रदर्शनको क्रममा गरेको एउटा टिप्पणीबारे परेको मुद्दामा बैंककको अदालतले उनलाई दोषी ठहर गरेको बीबीसीले जनाएको छ ।

सन् २०१४ मा ‘कू’ मार्फत सेना शक्तिमा आएयता यस्तो कानुनको व्यापक प्रयोग गरिएको छ । सन् २०२० को अगस्ट ३ मा सेनाले समर्थन गरेको सरकारविरुद्ध विद्यार्थीहरूले नेतृत्व गरेको प्रदर्शनका क्रममा देशमा सुधार गर्नुपर्ने क्षेत्रहरूमध्ये राजतन्त्र पनि पर्ने बताएपछि आनोन नाम्पा चर्चामा आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७