देवघाटमा नुहाउने क्रममा दुई युवक बेपत्ता


११ आश्विन २०८०, बिहीबार
Dubera bepatta

चितवन । चितवनमा नारायणी नदीले बगाएर दुई जना बेपत्ता भएका छन् । आज बिहान देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्दै आएका पंकज दाहाल बेपत्ता भएका हुन् ।

भारतको आसाम घर भएका अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर सँस्कृत पढ्दै आएका थिए । उनी सोही मन्दिरको टोलीसँगै देवघाटमा भ्रमणमा आएका थिए । नुहाउने क्रममा वेपत्ता भएका उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७