सुन तस्करीका नाइके गोरे भेटिए, सुन अझै भेटिएन


८ जेष्ठ २०७५, मंगलवार
gore

काठमाडौं, ८ जेठ । साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्याको विषय चर्को बनेपछि फरार रहेका सुन तस्करीका नाइके चुँडामणि उप्रेती ‘गोरे’ भारतमा लुकेर बसेको अवस्थामा पक्राउ परेका छन् ।gore

उनलाई प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरी नेपाल ल्याएको हो । चार वर्षमा ३८ क्विन्टल तस्करीको सुन नेपाल भित्र्याउन सफल सफल मोरङ उर्लाबारी घर भएका गोरे समातिए पनि सुन भने अझैसम्म गायव नै रहेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । गृह मन्त्रालयले गठन गरेको सुन तस्करी छानविन समितिले पक्राउ परेका गोरेलाई आज सार्वजनिक गर्ने भएको छ ।

आज (सोमबार) समितिले पक्राउ परेका गोरेलाई गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने समितिका एक सदस्यले जानकारी दिएको छ । पक्राउका लागि रेडकर्नर नोटिस समेत जारी गरिएका गोरेलाई पक्रिन झण्डै ‘इन्काउन्टर’ गर्नुपर्ने अवस्था सिर्जना भएको समेत प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । अहिले साढे ३३ किलो सुन तस्करी र सनम हत्याको मुद्दा मोरङ जिल्ला अदालतमा चलिरहेको छ ।

प्रहरीका उच्च अधिकारीहरुसहित सुन तस्करमा संलग्नहरुमाथि अहिले अनुसन्धानपछि थप प्रमाणसहित कार्वाहीको प्रक्रिया चलिरहेको छ । सुन तस्करी काण्डमा ६३ जना पक्राउ परिसकेका छन् । सनम शाक्यलाई सुन हराएको भन्दै यातना दिने गोरे नै भएको अदालतमा प्राप्त भिडियोहरुले प्रमाणित गरिसकेको छ । सनमको हत्यापछि गोरे फरार रहेका थिए । गोरे पक्राउ परेपछि सुन तस्करीको अन्य जालो र रहस्य पनि खुल्दै जाने पक्का छ । गोरेबाट सुन बरामद नभए तस्करीको मुद्दा कमजोर बन्न सक्ने समेत कानून व्यवसायीहरु बताउँछन् । सुन तस्करी र सनम शाक्यको हत्या अभियोगमा गोरेसहित अन्य सबै जेल जान सक्ने प्रहरीले जनाएको छ ।

 

याे पनि पढ्नुहाेस्

सुरा, सुन्दरी र सुनमा चुर्लम्म डुबेकाे ‘गोरे’

सुनप्रकरणमा पूर्वएआइजी कायस्थलाई किन जोगाउन खोजिंदैछ ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७