चार प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?


१४ आश्विन २०८०, आईतवार
rain 1

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । यस्तै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेस, बागमती, र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७