म्याद थप गर्न अनमोल केसीलाई लगियो सरकारी वकिल कार्यालय


१४ आश्विन २०८०, आईतवार
anamol kc police 6 jevNRXbXSm

काठमाडौं । नायक अनमोल केसीलाई प्रहरीले म्याद थप गर्न सरकारी वकिल कार्यालयमा लगेको छ । उनलाई म्याद थप गर्न लैजान टेकुस्थित काठमाडौं प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय लगिएको हो ।

आपराधिक विश्वासघातको आरोपमा उनलाई शुक्रबार दिउँसो भक्तपुरको साँगाबाट पक्राउ गरिएको थियो । एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि ‘‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले उनीविरुद्ध आपराधिक विश्वासघात गरेको भन्दै अपराध महाशाखा बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् ।

त्यही उजुरीका आधारमा केसी पक्राउ परेका थिए । शुक्रबार नै केसी चिरायु अस्पताल भर्ना भएका थिए । पक्राउ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको थियो । यता अनमोलले प्रहरीसँग आफूलाई अफगानिस्तान गएर फिल्म सुटिङ गर्नुपर्ने निर्माता पक्षले बताएको खुलाएका छन् ।

तर, चलचित्र ‘रावायण’ को स्क्रिप्ट नै मन नपरेपछि खेल्दिनँ भनेको अवस्थामा आफ्नो खातामा आएको पैसा पनि फिर्ता लैजान भन्दा निर्देशक–निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस तयार नभएको उनले बताएका छन् । ‘रावायण’ फिल्ममा अभिनयका लागि १० लाख रुपैयाँ लिएर पनि सुटिङमा नआएर धोका दिएको भन्दै निर्माताले जाहेरी दिएपछि प्रहरीले अभिनेता केसीलाई प्रहरीले पक्राउ गरेको थियो । ६५ जना प्राविधिकलाई पनि पारिश्रमिक दिइसकेको र सबै गरेर त्यति रकम खर्च भइसकेको निर्माताले प्रहरीसामु दाबी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७