ढुंगेललाई पक्राउ नगरेको भन्दै सर्वोच्चमा महानिरीक्षक अर्याल विरुद्ध अवहेलना मुद्दा


७ कार्तिक २०७४, मंगलवार
Prakash Aryal

काठमाडौं :  सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैद फैसला गरेका माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ नगरेको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ।  कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनामा निवेदन दर्ता भएको हो ।

Prakash Aryal

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई विपक्षी बनाउँदै मंगलबार सर्चोच्चमा अवहेलना मुद्दा दायर गरेका हुन्। मुद्दामा न्याय प्रशासन ऐन २०७३ दफा १७ अनुसार महानिरीक्षक अर्याललाई हदै सम्मको कारबाहीको माग गरिएको छ।  यदि दोषी ठहरिएमा अदालतको आदेश अवहेलना गरेको आरोपमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

निवेदनमा नेपाल प्रहरीका महानिरीक्षकलाई अदालतमा तत्काल उपस्थिति गराई अदालतको अवहेलना गरेकामा न्याय प्रशासन ऐन, २०७३ बमोजिम एक वर्ष कैद र १० हजार जरिवानाको सजाय गर्न माग गरिएको छ ।  साथै, ढुंगेललाई पक्राउ गर्न अन्य सुरक्षा निकायको समेत समन्वयमा नेपाल प्रहरीभित्र ‘उच्च स्तरीय टास्कफोर्स’ को गठन गर्न आदेशको माग गरिएको छ ।

सर्वोच्च अदालतले आफ्नो वा आफ्नो मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानूनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्नसक्ने संवैधानिक व्यवस्था रहेको छ ।

उज्वन श्रेष्ठको हत्या अभियोगमा ढंगेललाई सर्वोच्चले जन्मकैद फैसला गरेको थियो। यता माओवादीले भने उक्त घटनालाई द्वन्दकालिन प्रतिशोध भन्दै आएको छ। द्वन्दको समयमा भएका घटनालाई सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत मिलाउनु पर्ने माओवादीको भनाई रहँदै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७