क्रिकेटको क्वार्टर फाइनलमा नेपाल भारतसँग भिड्दै


१५ आश्विन २०८०, सोमबार
nepali cricket team ZZNmydzuPJ
फाइल फोटो

काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भारतसँग भिड्ने भएको छ । नेपालले मंगलबार सेमिफाइनल प्रवेशका लागि भारतीय टोलीसँग खेल्ने छ । नेपालले हालैमात्र एसिया कपमा भारतसँग खेलेको थियो ।

भारतले एसियाडमा युवा खेलाडीलाई समेटेर क्रिकेट टोली पठाएको छ । यसअघि पहिलो चरणमा मंगोलिया र माल्दिभ्सलाई हराएर नेपालले समूह विजेता बन्दै क्वार्टर फाइनलमा स्थान बनाएको थियो । प्रतियोगितामा ५ वटै टेस्ट राष्ट्रलाई सोझै क्वार्टर फाइनलमा स्थान दिइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७