एमाले महासचिव पोखरेलको आरोप : गठबन्धनका नेताहरू भ्रष्टाचारका हिमायति


१५ आश्विन २०८०, सोमबार
Shankar pokhrel
फाइल फोटो

पोखरा । प्रमुखप्रतिपक्षी नेकपा एमाले महासचिव शंकर पोखरेलले सबैखाले भ्रष्टाचारको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।

‘सरकार अमूक भ्रष्टाचारको कुरा गरेर प्रतिपक्षीलाई छानबिनको त्रास देखाउँछ । सरकारले जुनसुकै घटनाको छानबिन गरोस् हामी तयार छौं,’ पोखरामा एमाले गण्डकी प्रदेशको पहिलो प्रदेश अधिवेशनको उद्घाटनको क्रममा उनले भने,‘ छानबिन होस् अन्त्यमा जेल जाने सत्ता गठबन्धनका नेताहरु नै हुनेछन् । किनकि, उनीहरु भ्रष्टाचारका हिमायति हुन् । उनीहरूको शासकीय चरित्र हो ।’

उनले एकातिर सरकारले भ्रष्टाचारविरुद्धमा छु भनेर जनताबीच भ्रमण छर्ने काम गरेको र अर्कोतिर सरकारकै संलग्लतामा भन्सारबाट क्विन्टलका क्विन्टर सुन भित्र्याएर आफ्नो चरित्र उदांगो पारेको पनि बताए । उनले सरकार सुशासन र भ्रष्टाचारको विरुद्धमा हुन्थ्यो भने प्रतिपक्षले भने जस्तो सुन तस्करी छानबिनमा आनाकानी गर्ने थिएन पनि भने ।

महासचिव पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नदिएर सरकारले चीनको कारणले गर्दा देश टाट पल्टेको सन्देश दिन खोजेको गम्भीर आरोप पनि लगाए । ‘पोखरा विमानस्थल चलाउन नदिने अभियानमा सरकार छ । अनुमति मागेकाहरूलाई अनुमति दिनुपर्छ र सञ्चालनमा ल्याउनु पर्छ,’ उनले भने । उनले यो सरकारलाई बिदा गर्नु पहिलो आवश्यकता भए पनि अहिलेको सत्ता समीकरणले गर्दा त्यो सम्भव नभएको र आउँदो चुनावबाट जनताले रोजेको पार्टी (एमाले) लाई सत्तामा पु¥याउन आग्रह पनि गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७