मतदान सकिएको १२ घण्टापछि एमाले कोशीको मत गणना सुरू


१५ आश्विन २०८०, सोमबार
koshi ma gadanayn7

मोरङ । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना बल्ल सुरू भएको छ । सोमबार साँझ ५ बजेदेखि मतगणना सुरू भएको हो ।

सात स्थानबाट मतगणना भइरहेको छ । निर्वाचनमा ९९७ जना प्रतिनिधिमध्ये ९७७ जनाले मत खसालेका थिए । अधिवेशनमा ३५ स्थानमा मतदान भएको थियो । अध्यक्षका लागि नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा भएको थियो । सो अधिवेशनमा आइतबार राति मतदान भएको थियो । अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ । त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो ।

जसमध्ये उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ । दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७