भारतविरुद्धको खेलमा सन्दीप नवौँ विकेटका रूपमा आउट


१६ आश्विन २०८०, मंगलवार
sandeep
फाइल फोटो

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले सन्दीप लामिछानेलाई नवौं विकेटका रूपमा गुमाएको छ ।

जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १८.६ ओभरमा सन्दीपलाई व्यक्तिगत पाँच रनमा गुमाएको हो ।

जारी खेलको १९ ओभरको खेल सकिँदा नेपालले नौ विकेट गुमाएर १७६ रन बनाएको छ । त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७