मजदुर ‘क्लष्टर’ मा ज्वालाले पाए सर्वाधिक मत


१६ आश्विन २०८०, मंगलवार
Bhim jwala
फाइल फोटो

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा मजदुर क्लष्टरबाट भीम ‘ज्वाला’ राई सर्वाधिक मतकासाथ विजयी भएका छन् । असोज १५ गते राति १२ बजे प्रथक प्रदेश अधिवेशन निर्वाचन समितिले मजदुर क्लष्टरबाट विजयी उम्मेदवारहरुको नाम घोषणा गर्दा भीम ज्वाला राई लोकप्रिय मत ल्याउँदै विजयी भएका हुन् ।

राईले ६१४ मत ल्याएका छन्, उक्त मत मजदुरबाट विजयी हुनेहरुमा सबैभन्दा बढी र पदाधिकारीको उपसचिवमा विजयी जलवर्षा राजवंशीले पाएको मतमा दोस्रो हो । राजवंशीले ६२८ मत ल्याएर विजयी बनेकी छिन् । तीन दशकदेखि मजदुर आन्दोलनमा निरन्तर क्रियाशिल धरानका भीमज्वाला राई देशकै प्रभावशाली मजदुर नेताका रुपमा स्थापित भइरहेका छन् ।

आम सञ्चार तथा पत्रकारितामा एमए गरेका छन् । बसको कण्डक्टरका रुपमा मजदुरी गर्दै मजदुर आन्दोलनमा क्रियाशील राई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य छन् । ९९७ प्रतिनिधिहरु सहभागी अधिवेशनमा ९७७ मत खसेको थियो । खसेको मतमा ५० बढी मत बदर हुनसक्ने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७