कडा सुरक्षाबीच गोरेलाई अदालत पेश गरियो, अदालतमा सर्वसाधरणको लाग्यो भिड


८ जेष्ठ २०७५, मंगलवार
morang dc 1 copy1

काठमाडौं, ८ जेठ । चर्चित साढे ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणका प्रमुख आरोपी चुँडामणि उप्रेती ‘गोरे’ लाई जिल्ला अदालत मोरङमा पेस गर्नका लागि मोरङ पुर्‍याइएको छ ।morang dc 1 copy1

मंगलबार नै उनलाई प्रहरीको विशेष अनुसन्धान टोलीले काठमाडौंको गौरीघाटबाट पक्राउ गरेर सार्वजनिक गरेको थियो । उनलाई जिल्ला अदालत मोरङमा हाजिर गराउनुअघि कडा सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ र केहीबेरमा अदालतमा हाजिर गराइने छ ।

यतिबेला जिल्ला अदालत मोरङमा कडा सुरक्षा व्यवस्था गरिएको छ भने गोरेलाई हेर्नका लागि सर्वसाधारणको भीड लागेको छ । पछिल्ला दिनमा अति नै चर्चामा रहेका गोरेका बारेमा जान्न र उनलाई हेर्न सर्वसाधारणको भीड लागेको हो । यसअघि गोरेसहित मुद्दा चलाइएका ६३ जनाको थुनछेक बहस सकिएको थियो । बहस सकेर आदेश लेखिसकिएकोले गोरेलाई मंगलबार हाजिर गराउने र आदेशका लागि भोलिदेखि थुनछेक बहस हुृने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७