प्रतिनिधिसभाको बैठक बस्दै, प्रमुख प्रतिपक्षी नेता ओलीले सम्बोधन गर्ने


१६ आश्विन २०८०, मंगलवार
Kp Oli 3 scaled

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बोल्ने भएका छन् । संसद् सचिवालयका अनुसार आजको बैठकमा बोल्नका लागि ओलीले समय मागेका छन् । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्दै छ ।

त्यसैगरी यो बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची पनि रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७