सरकार खेलाडीलाई वधाई दिन्छ, पुरस्कार दिन बिर्सिन्छ, लाज लागिसक्यो : असिम साह


१६ आश्विन २०८०, मंगलवार
ashim

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले सरकारले खेलाडीहरूलाई पुरस्कार दिन बिर्सेको बताएका छन् ।
आज (मंगलबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले खेलाडीहरूलाई सरकारले वधाई र आश्वासन दिएको तर पुरस्कार रकम भने नदिएको बताएका हुन् ।

‘आज पनि क्रिकेटमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । तर, सरकारले पुरस्कार दिन बिर्सेको छ । सरकारले बिर्सेको कुरा सदनमा पटक–पटक उठाउँदा लाज लागेको छ,’ उनले भने । प्रधानमन्त्रीले दिन्छु भनेर भने पनि खेलाडीले नपाएकोमा उनले ध्यानाकर्षण गराए । ‘खेलाडीको पुरस्कार रकम १७ लाख पुगिसकेको छ । तर, सरकारले २ रुपैयाँ पनि खेलाडीलाई दिएको छैन,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७