बझाङ भूकम्प : अस्पताल प्रांगणमै गराइयो सुत्केरी, घाइते पाँच जना अस्पताल भर्ना


१६ आश्विन २०८०, मंगलवार
385066442 663907689176842 1356058840999463057 n

बझाङ । बझाङमा लगातार भूकम्पपछि व्यथा लागेकी एक गर्भवती महिलालाई अस्पताल प्रांगणमै सुत्केरी गराइएको छ । व्यथा लागेपछि जिल्ला अस्पताल बझाङमा भर्ना भएकी महिलालाई अस्पतालको आँगनमा पर्दा लगाएर सुत्केरी गराइएको हो ।
भूकम्पछि अस्पतालभित्र असहज भएपछि उनलाई बाहिर ल्याइएको थियो ।

बझाङका धेरैजसो क्षेत्रमा भूकम्पका कारण भौतिक संरचनामा क्षति भएको छ । २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
भूकम्पका कारण विद्यालय भवन, स्थानीयका घर गोठ भत्किएका छन् । पाँच जना घाइतेलाई अस्पताल भर्ना गराइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७