नाइजेरियामा डुङ्गा दुर्घटना : ४० जना बढी बेपत्ता, १० जनाको उद्धार


१७ आश्विन २०८०, बुधबार
dunga nigeria

काठमाडौं । नाइजेरियाको उत्तरी राज्य केबीमा यात्रुसवार डुङ्गा पल्टिँदा ४० जनाभन्दा धेरै बेपत्ता भएका छन् । डुङ्गामा कम्तीमा ५० जना यात्रु रहेका थिए ।

अहिलेसम्म १० जनाको उद्धार भएको र अरु हराइरहेकाहरुको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ । उत्तर–मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा मुसलधारे वर्षाका कारण डुङ्गा पल्टिएको अनुमान छ ।

नाइजर राज्यको आपतकालीन व्यवस्थापन निकायका प्रमुख सालिहु गरबाले स्थानीय गोताखोरलाई बेपत्ताको खोजी तथा उद्धारका लागि परिचालन गरिएको जानकारी दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पश्चिम अफ्रिकी देशहरुमा अत्यधिक भार र खराब मौसम कारण डुङ्गा दुर्घटनाका घटना हुँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७