सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक


१७ आश्विन २०८०, बुधबार
national security meeting 1 7kGvZhFTWE
तस्वीर : प्रदीपराज वन्त

काठमाडौँ । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी छ । पछिल्लो समय देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेका बेला राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको हो ।

सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी सहभागी छन् ।

national security meeting BnUcGUcjls

पछिल्लो केही सातायता सुनसरी, सर्लाही र बाँकेको नेपालगञ्जसहितका स्थानमा देशको सुरक्षालाई चुनौती दिने गरी धार्मिक तनाव बढ्दै गएपछि यो बैठक बसेको हो । नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक तनाव बढेपछि कर्फ्युको अवस्था छ । त्यहाँको तनाव रोक्न मंगलबारदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७