आज विश्व शिक्षक दिवस


१८ आश्विन २०८०, बिहीबार
Student 1 room 3 class

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ ।

यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ ः शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ रहेकको छ ।

नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गराउन दबाब दिन सबै शिक्षक र कर्मचारीमा सफलता मिलोस् भनी दिवसको शुभकामना दिएको छ । समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७