टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड नाग्याे


८ जेष्ठ २०७५, मंगलवार
Ntc Head office Building
फाइल तस्बिर

काठमाडौँ, ८ जेठ । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५००, वाइम्याक्स सेवाका १७ हजार र एडिएसएलका एक लाख ९९ हजार ७०० प्रयोगकर्ता रहेको टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो ।Ntc Head office Building

विस २०७४ असार मसान्तसम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार ८९४ रहेकामा २०७४ चैत अन्त्यसम्ममा उक्त संख्या बढेर एक करोड एक लाख ५४ हजार पुगेको छ । विसं २०७४ असारसम्मको ग्राहक आधारको तुलनामा चालू आर्थिक वर्षको नौ महिनामा कम्पनीको डाटा सेवाका ग्राहक आधार २०.५१ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

रिपोर्टअनुसार २०७४ चैत मसान्तसम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता पाँच लाख ५९ हजार १७२ छन् । गत २०७४ चैत महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार एक करोड ९३ लाख २२ हजार ८५५ रहेको छ । जिएसएम मोबाइल सेवाका ग्राहक एक करोड ६९ लाख ४४ हजार ५३९, सिडिएमए सेवाका ग्राहक १६ लाख ८८ हजार ३५१ तथा पिएसटिएन टेलिफोन सेवाका ग्राहक छ लाख ८९ हजार ३७३ रहेका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७