धार्मिक द्वन्द्व सिर्जना गर्ने प्रपञ्च भइरहेका छन् : महासचिव पोखरेल


१९ आश्विन २०८०, शुक्रबार
Shankar pokhare

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले महासचिव पोखरेलले वर्तमान सरकारले नागरिकका समस्या समाधान गर्न नसकेको बताएका छन् । उनले यो सरकारले मुलुकका हरेक क्षेत्रमा सकारात्मक ऊर्जा प्रदान गर्न नसकेको आरोप लगाउँदै सरकारका कारण नै मुलुकको अर्थतन्त्र सङ्कटतर्फ धकेलिएको बताए ।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले हालैका दिनमा देशमा मूल्यवृद्धि आकासिएको भए पनि सरकारले महँगी नियन्त्रणमा कुनै प्रभावकारी कदम चाल्न नसकेको बताए । महासविच पोखरेलले मुलुकमा आफ्नो पार्टीले एकल बहुमत प्राप्त गरेमा मात्रै समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा हुने तर्क गरे ।

उनले विगतमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले समृद्धि र विकासका लागि निर्वाह गरेको भूमिका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित भए पनि नेकपाको विभाजन र एमालेविरोधी गठनबन्धनका कारण उक्त यात्रा गन्तव्यमा पुग्न नसकेको उल्लेख गरे ।

महासचिव शंकर पोखरेलले नेपाली समाजलाई फेरि कमजोर बनाउन धार्मिक द्वन्द्व सिर्जना गर्ने प्रपञ्च भइरहेको दाबी गरेका छन् । शुक्रबार उपत्यका विशेष कमिटीको अधिवेशनको खुला सत्रमा उनले मौलिक संस्कृतिमाथि प्रहार भइरहेको बताए ।
‘अहिले नेपाली समाजलाई फेरि कमजोर बनाउन धार्मिक अतिवाद र सांस्कृतिक अतिवादलाई प्रवर्द्धन गर्नेे काम भइरहेको छ । धार्मिक द्वन्द्व सिर्जना गर्ने प्रपञ्च भइरहेका छन्’, पोखरेलले भने, ‘अर्कोतर्फ नेपाली समाजलाई उत्श्रृङखलतातर्फ लैजानका लागि अनेकप्रकारका गतिविधि भइरहेका छन् । नेपालको मौलिक संस्कृतिमार्फत प्रहार भइरहेको छ ।’

कुनै पनि राष्ट्रको संस्कृति कमजोर बनाए सफल भइन्छ भन्ने उद्देश्यले संस्कृतिमाथि प्रहार भइरहेको उनको भनाइ छ । एमालेलाई सरकारबाट बाहिरएपछि संघीय गणतन्त्रमाथि प्रहार गर्ने काम भएको दाबी गरे । महासचिव पोखरेलले एमालेका सबै कमिटी र सङ्गठनले आगामी २०८४ सालमा हुने निर्वाचनलाई लक्ष्य गरेर पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाई समृद्धि र विकासको यात्रालाई पूरा गर्ने बाटोमा लाग्न आह्वान गरे । यस अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७