सल्यानमा बस दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइतेमध्ये ६ को अवस्था गम्भिर


२० आश्विन २०८०, शनिबार
Salyan bus Accident

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बस दुर्घटनामा परी दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ३१ वर्षीय सुमित्रा सुनार र सल्यानको त्रिवेणि गाउँपालिका–६ बस्ने अन्दाजी ४० वर्षीयाअनिता बोहराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शनिबार (असोज २०) गते दिउँसो ३ बजेको समयमा ना ६ख ५४६३ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले दाङको तुलसीपुरबाट सल्यानको जयचौरका लागि छुटेको उक्त बस सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानी नजिकै दुर्घटना भएको जनाकारी दिए ।

उनले भने, ‘दुर्घटनामा परि अन्य १४ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७