एसियाली खेलकुद : वर्षाले खेल रद्द भएपछि क्रिकेटमा भारतलाई स्वर्ण पदक


१०:५७ बजे

काठमाडौँ । एसियाली खेलकुद अन्तर्गत क्रिकेटको उपाधि भारतले जितेको छ । चीनको हाङझाउमा अफगानिस्तानसँगको खेल वर्षाले रद्द भएपछि भारतले वरियताका आधारमा उपाधिसहित स्वर्ण पदक जितेको हो ।

वर्षाका कारण ढिला शुरु भएको खेलमा अफगानिस्तानले पहिला ब्याटिङ गर्दै १८ ओभर २ बलमा सबै विकेट गुमाउँदै ११२ रन मात्र बनाएको थियो । तर पानी परेपछि भारतले ब्याटिङ नै गर्न पाएन र खेल रद्द भयो । क्रिकेटमा सहभागी नेपाल भने क्वार्टर फाइनलमा भारतसँग पराजित हुँदै बाहिरिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७