आइसीसी विश्वकप : बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो


२० आश्विन २०८०, शनिबार
bangla JbJEZkRLm6

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको छ । भारतको धर्मशालामा अफगानिस्तानले दिएको १५७ रनको सामान्य लक्ष्य बंगलादेशले ३४ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो ।

बंगलादेशको जितमा नजमुल होसाइन शान्तोले नटआउट ५९ र मेहदी हसन मिराजले ५७ रन बनाए । अफगानिस्तानका फैजल हक फारुकी, नवीन उलहक र अजमतुल्लाह ओमरजाईले एक-एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफागानिस्तान ३७ ओभर २ बलमा १५६ रनमा अलआउट भयो ।

उसका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । यस्तै अजमतुल्लाह ओमरजाई र इब्राहिम जद्रानले समान २२-२२ रन बनाए । बंगलादेशका शकिब अल हसन र मेहदी हसन मिराजले ३-३ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७