सांसद खानको प्रश्न : फ्री भिसाको तीन लाख लिएको छ, अझ मलेसिया जाँदा बायोमेट्रिक किन ?


२१ आश्विन २०८०, आईतवार
Abdul Khan Baahrakhari scaled
फाइल फोटो

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले अरु देश जाँदा बायोमेट्रिक्स गर्न नपर्ने तर, मलेसिया जाँदा चाहिँ किन पर्ने भन्दै प्रश्न गरेका छन् ।

आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बायोम्याट्रिक्स गर्दा नौ हजार ८०० खर्च हुने भन्दै उनले मलेसिया जाँदा मात्र किन गर्नुपर्ने भन्दै प्रश्न गरे ।

सांसद खानले फ्री भिसा फ्री टिकट भने पनि टिकटको नाममा तीनदेखि साढे तीन लाख असुली भइरहेकोमा पनि सरकारको ध्यानाकर्षण गराए । ‘सातदेखि १० लाख नेपाली दाजुभाइ, दिदीबहिनी गएका छन् । फ्री भिसा, टिकट तीनदेखि साढे तीन लाख असुली गरेको छ’, उनले भने, ‘अन्य देशमा जाँदा बायोमेट्रिक्स नचाहिने, मलेसिया जाँदा किन चाहिने ? नौ हजार ८०० खर्च हुन्छ ? यो किन चाहिएको हो ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७