श्रीपेच कस्तो छ कसैलाई थाहा छैन


८ कार्तिक २०७४, बुधबार
shripech 1318246

काठमाडौं : नारायणहिटी संग्रहालयको शैलुन कक्षको बाकसमा राखिएको श्रीपेचको अवस्था कस्तो छ कसैलाई थाहा छैन। पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते नारायणहिटी छाडेपछि कडा सुरक्षा घेराभित्र राखिएको श्रीपेच २०७१ चैतमा पछिल्लो पटक हेरिएको थियो। यो खबर ईश्वरराज ढकालले आजको नेपाल समाचार पत्रमा लेखेका छन्।

shripech 1318246

श्रीपेच कक्षको साँचो नारायणहिटी संग्रहालय विकास समितिको मातहतमा भए पनि श्रीपेच हेर्न छुट्टै समिति भएकाले समस्या आएको छ। ‘हामीले श्रीपेचको अवस्थाबारे जानकारी लिन आवश्यक ठानेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएका थियौं, तर अहिलेसम्म उत्तर आएको छैन,’ संग्रहालय विकास समितिका प्रमुख रोहित ढुंगानाले भने।

श्रीपेचको अवस्थाबारे जानकारी लिन श्रीपेच रहेको कोठा कसले खोलेर हेर्ने भन्ने विषय नै अन्यौलमा छ। पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नुअघि हाम्रा पिता पुर्खाको बिरासतको रूपमा रहेको श्रीपेचलाई सदाका लागि जोगाएर राख्न देशबासीको नाममा अनुरोध गरेका थिए।

 श्रीपेचको मूल्य कति हो?

 सुन, मोति, हिरा, पन्ना, चाँदी जस्ता बहुमूल्य धातुले बनेको सो श्रीपेचमा संसारबाटै लोप हुन लागेको हुमायो चराको प्वाख राखिएको छ। हुमायो चरा संसारबाटै लोप हुन लागेकाले श्रिपेचको पुनःनिर्माण असम्भव रहेको ढुंगानाको दाबी छ। ‘बिमा गर्ने भनेको क्षति पछि त्यसलाई पुनःनिर्माणको लागि हो, हुमायो संसारबाटै लोप हुने चरणमा छ जसका कारण यसको प्वाँख अब पाउन सकिँदैन। त्यसैले श्रीपेच फेरि बनाउन असम्भब छ।’ पुन बनाउन नसकिने भएकोले श्रीपेचको बिमा गर्न समेत आवश्यक छैन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७