रसुवामा मिनी ट्रक दुर्घटना : तीनको मृत्यु, पाँच जना घाइते


२३ आश्विन २०८०, मंगलवार
accident 2

रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका–२ नेसिङ खोलामा सोमबार साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अरु पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो ।

नेसिङबाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारार्थ जिल्ला अस्पताल लगिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७