बेलायतमा नेपाली सेनाले जित्यो दुई स्वर्ण, तीन रजतसहित सात पदक


२४ आश्विन २०८०, बुधबार
image 90

काठमाडौं । नेपाली सेनाले बेलायतको वेल्समा सञ्चालन भइरहेको ‘एक्सरसाइज क्याम्ब्रेन पेट्रोल २०२३’ मा रजत पदक जितेको छ । सेनाको टोलीले मंगलबार उक्त रजत पदक जितेको हो । योसँगै हालसम्म दुई स्वर्ण, तीन रजत र दुई कांस्य गरी सात पदक जितेको नेपाली सेनाले जनाएको छ ।

आइतबारसम्म सञ्चालन हुने अभ्यासमा रेगुलरतर्फ ४२, रेस्क्यूतर्फ १५, यूओटीसीतर्फ १६ तथा ३१ देशका ३८ अन्तर्राष्ट्रिय टोली गरी एक सय ११ वटा टोली सहभागी छन् । अभ्यासमा नेपालसहित बेलायत, क्यानडा, मेसोडोनिया, कतार, लिपिन्सललगायतको टोली सहभागी छन् ।

टोलीलाई हाल बेलायत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले पदक तथा प्रमाणपत्र प्रदान गरे । अभ्यास खेलमा विशेषगरी पैदल फौजको पेसागत ज्ञान, सीप, रणकौशल, शारीरिक सहिष्णुताका साथै व्यक्तिगत एवं सामूहिक रूपमा गरिने फौजी कारबाहीको स्तर जाँच तथा मूल्याङ्कन गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७