काभा भलिबल : नेपालले अफगानिस्तानलाई हरायो


२४ आश्विन २०८०, बुधबार
asiad volleyball Mens 1536x1013 1

काठमाडौं । श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तालाई हराएको छ । आज (बुधबार) भएको खेलमा नेपालले अफगानीस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो ।

नेपालले अफगानिस्तानलाई २५–१९, १९–२५, २२–२५, २५–२१ र १५–१० ले जित हात पारेको हो । पहिलो सेट जितेपनि नेपालले त्यसपछि लगातार दुई सेट गुमाएपछि एक समय २–१ ले पछि थियो । तर चौथो र पाँचौं सेटमा जितका साथ नेपालले खेल जितेको हो ।

नेपालले यसअघिका दुई मध्ये एक खेलमा जित र अर्कोमा हार बहोरेको थियो । दोस्रो खेलमा आयोजक श्रीलंकासँग मंगलबार ३–० ले पराजित भएको नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–१ ले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७