भारत बिहारमा रेल दुर्घटना : चार जनाको मृत्यु, सय बढी घाइते


२५ आश्विन २०८०, बिहीबार
accidents vzBRYfcMES

काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना भएको छ । गए राति भएको दुर्घटनामा एक बालिकासहित चार जनाको ज्यान गएको बिहार प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा एक सय यात्रु घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल दुर्घटना भएको हो । रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । दुर्घटनापछि यूपी–बिहार–बङ्गाल रुटका झण्डै डेढ दर्जन रेलको सेवा प्रभावित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७