केन्यामा २८ लाख मानिसलाई खाद्य सहयोगकाे आवश्यकता


२७ आश्विन २०८०, शनिबार
Food Kenya 1697202207

काठमाडौं । निरन्तर सुक्खाका कारण केन्याका सुक्खा र अर्धसुक्खा क्षेत्रका करिब २८ लाख मानिसलाई खाद्य सहायताको आवश्यकता रहेको केन्याको राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बिहीबार जारी गरेको एक प्रतिवेदनमा जनाइएको छ ।

एनडीएमएले सुक्खा प्रभावित मानिस विभिन्न २३ वटा काउन्टीमा रहेको उल्लेख गरेको छ । तीमध्ये १८ काउन्टी सामान्य खडेरीको चरणमा तथा बाँकी पाँच काउन्टी उच्च सतर्कता अपनाउनु पर्ने चरणमा रहेको र निगरानी आवश्यक रहेको जनाएको छ ।

प्रतिवेदनले ५२ प्रतिशत काउन्टीको पोषण अवस्था औसतभन्दा बढी तथा ११ वटाको बिग्रिँदै गएको जनाएको छ । ‘यसअघिको असफल मौसमका कारण कमजोर पोषण स्थिति देखिएको हो’, एनडीएमएले भनेको छ ।

प्रतिवेदनले तापक्रममा भएको वृद्धिका कारण अधिकांश सुक्खा क्षेत्रमा वनस्पति फस्टाउन नसकेको पाइएको उल्लेख गरेको छ । एनडीएमएले अक्टोबरदेखि डिसेम्बरसम्म हुने वर्षाको मौसममा सुक्खा क्षेत्रको कठिन अवस्थामा सुधार आउने अपेक्षा गरेको छ । केन्या र अफ्रिकामा अक्टोबरको मध्यदेखि वर्षा सुरु भएसँगै बाढीले प्रभाव नपर्ने क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७