ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु, चालक पक्राउ


२८ आश्विन २०८०, आईतवार
accident 2

संखुवासभा । संखुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा सहचालक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार टिमुरे भञ्याङमा को २ त ४३३० नम्बरको ट्याक्टर दुर्घटना हुँदा संखुवासभाकै पाँचखपन नगरपालिका–१ का १८ वर्षीय सविनकुमार तामाङको मृत्यु भएको हो ।

उनी दुर्घटनामा परेको ट्रयाक्टरका सह चालक हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा वाना प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । दुर्घटनापछि ट्याक्टर चालक सोही ठाउँका ३४ वर्षीय वीरबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७