कोशीका मुख्यमन्त्रीले कात्तिक १ गते विश्वासको मत लिने


२९ आश्विन २०८०, सोमबार
KedarKarki1697112832

मोरङ । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते विश्वासको मत लिने भएका छन् । कात्तिक १ गते बस्ने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना आज प्रदेशसभा सचिवलाई दिइने कोशी प्रदेश सरकारका प्रवक्ता शम्शेर राईले जानकारी दिए । यहि असोज २० गते स्थगित भएको कोशी प्रदेशसभाको बैठक आगामी बुधबार (१ कात्तिक) का लागि बोलाइएको छ । बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनेछन् ।

बैठक बस्नुअघि उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफलको तयारी गरेका छन् । मुख्यमन्त्री कार्कीले आफू नियुक्त भएको एक हप्ताभित्रै विश्वासको मत लिने तयारी गरेका हुडन् । यसअघि नियुक्त भएका मुख्यमन्त्रीहरुले विश्वासको मत लिने तालिका ३० औँ दिनसम्म पुग्ने गरेको थियो । तर, एमालेका ३९ र कांग्रेसका ८ सांसदको विद्रोहपछि बनेको कार्की नेतृत्वको सरकारले धेरै छिटो विश्वासको मत लिन लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७