कोशी प्रदेशको विषयमा छलफल गर्न देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई


२९ आश्विन २०८०, सोमबार
deuwa 1
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन् । आज अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् । उनले बैठकका एजेडा भने खुलाएका छैनन् ।

कोशी प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र अबको रणनीतिबारे छलफल हुन सक्ने बैठकमा सहभागी हुने एक पदाधिकारीले जानकारी दिए । ‘विषय खुलाइएको छैन । कोशीब ाहेक अर्को के होला र एजेण्डा !’ उनले भने । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीलाई छुट्याउने निर्णय गरेपछि नेता डा.शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेको थियो ।

कोइराला निकट केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्री बनेका छन् । कांग्रेसका आठ जनाले विद्रोह गरी केन्द्रीय गठबन्धन विरुद्ध उत्रिएका थिए । नेता कोइरालाले पार्टीका पदाधिकारी माओवादीलाई मुख्यमन्त्री सुम्पिन तयार भएको भन्दै विरोध जनाउँदै आएका छन् ।

कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् । देउवाले बोलाएको बैठकमा उपसभापति धनराज गुरुङ भने अनुपस्थित रहने भएका छन् । इण्डोनेसिया भ्रमणमा रहेका उनी ३ कात्तिकमा फर्कने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७