‘विपिनको खोजीका लागि हमाससँग सम्बन्ध भएका मुलुकमार्फत पहल भइरहेको छ’


२९ आश्विन २०८०, सोमबार
NP Saud
फाइल फोटो

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदे इजरायलमा सम्पर्कबिहीन विपिन जोशीको खोजीका लागि महाससँग सम्बन्ध भएका देशहरूसँग पहल भइरहेको बताएका छन् । सोमबार काठमाडौंमा सुदूरपश्चिम पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनले जोशीको खोजी कार्य तीव्र रुपमा भइरहेको बताएका हुन् ।

उनले भने, ‘हराइरहेका दिपक जोशीको खोजीका लागि इजरायल सरकारसँग मात्र नभएर हमाससँग सम्बन्ध रहेका भनिएका खाडीका मुलुकहरूसँग पनि छलफल भइरहेको छ ।’ हमासको सम्बन्धन खाडीको कतारसँग राम्रो भएको बताइन्छ । कतारसँग नेपालको सम्बन्ध पनि राम्रो छ । कतारसँग पहल गरेको मन्त्री संकेत गरे पनि कुन देशसँग हो भन्ने विषयमा भने खुलाएनन् ।

सात अक्टुबरमा इजरायलमा हमासले आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । एक जना हराइरहेका छन् । हराइरहेका जोशीलाई हमासका लडाकुले आफूसँगै लिएको नेपाल फर्किका नेपाली विद्यार्थीहरूले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७