पश्चिमी बायुको प्रभाव : देशका धेरै स्थानमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना


३० आश्विन २०८०, मंगलवार
rain

काठमाडौँ । अहिले नेपालमा पश्चिमी बायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज (मंगलबार) दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै र तराईका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७