खेलकुद तथा समाज सेवामा योगदान पुर्‍याएका तीन व्यक्तित्व सम्मानित


३० आश्विन २०८०, मंगलवार
202310170934 affd37d3 4d71 4bc3 a7ef 10bef8b6f6d8 medium 1

काठमाडौँ । खेलकुद तथा समाजसेवामा योगदान दिएका तीन जना व्यक्तित्व सम्मानित भएका छन् । नेपाल टाइगर्सद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि चेम्बर अफ कमर्सका अध्यक्ष एवं युवा समाजसेवी रामनारायण घिमिरे, ५५ औँ एसियाली शारीरिक सुगठनमा स्वर्ण पदक विजेता रजनी श्रेष्ठ र तेक्वान्दोका प्रशिक्षक श्याम थापामगर सम्मानित भएका हुन् । वेस्टर्न युनाइटेड क्लबका अध्यक्ष समेत रहेका समाजसेवी घिमिरेले चन्द्रागिरि नगर क्षेत्रमा खेलकुद प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याउँदै आएका छन् ।

सांसद कृष्णगोपाल श्रेष्ठले उनीहरूलाई सम्मान गर्दै आगामी दिनमा खेलाडी र खेल क्षेत्रको प्रवर्द्धन गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने जानकारी दिए । सो अवसरमा युवा उद्यमी नयन लामिछानेले खेल र खेलाडीलाई सधैँ राजनीतिबाट अलग राखेर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रम संयोजक सविन तामाङले आगामी दिनमा समाजको विविध क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिँदै जाने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७