बिदा कटौती नगर्न जापानबाट प्रधानमन्त्रीलाई जनजातिको माग


१० जेष्ठ २०७५, बिहीबार
japan indogenious people

टोकियो, १० जेठ । आदिवासी जनजातिहरूले आदिमकालदेखी मनाउदै आएको सांस्कृतिक पर्वको बिदा कटौती नगर्न जापानवाट प्रधानमन्त्रीलाई आदिवासी जनजातिहरूले माग गरेको छन ।japan indogenious people

बुधवार नेपाल आदिवासी जनजाति महासंघ जापानको नेतृत्वमा जापानका लागी नेपाली राजदुतावास टोकियोमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र मार्फत सो माग गरेका हुन ।

जापानमा जनजाति महासंघमा आवद्द विभिन्न जातीय संस्थाहरू तम’ धीं जापान, तामाङ समाज जापान,किराँत याक्थुङ चुम्लुङ जापान, थकाली सेवा समिति जापान, शेर्पा संघ जापान, नेपाल मगर संघ जापान, किराँत राई योयाख्खा जापान, थारु समाज जापान, नेपाल थामी समाज जापानको तर्फबाट संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका हुन । नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष टेक बहादुर (सुमन )लिम्बुको नेतृत्वमा राजदुतावासमा पुगी जापानका लागी नेपाली राजदुत प्रतिभा राणामार्फÞत सो सन्देश पठाएका हुन ।

सरकारले २)७४ चैत्र १४ गते ब’धबारका दिन बसेको नेपाल सरकार मन्त्रीपरिषद् बैठकले सार्वजनिक विदा अन्यौलपूर्ण तरिकावाट कटौती सम्बन्धि गरेको निर्णयमा आदिवासी जनजाति सम’दायको पर्वहरू ल्होछार–ल्होसार,माघी, माघे संक्रान्ति,उधौली–उभौलीमा दिइदै आएको एक दिने विदा पनि सरकारले कटौती गरेको प्रति नेपालका आदिवासी जनजाति सम’दायहरूले बिरोध गर्दै उक्त निर्णय लिन माग गरिरहेका छन ।janajati 1 janajati 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७