बेलबारी गोल्डकप : बिग्रेड ब्वाइज सेमिफाइनलमा


१ कार्तिक २०८०, बुधबार
belbari.jpg12023 10 18 07 10 25

मोरङ । बिग्रेड ब्वाइज क्लब मोरङमा जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मङ्गलबार ब्रिगेड ब्वाइज क्लब र राजारानी क्लबले गोलरहित बराबरी खेलेका थिए ।

अन्तिममा खेलको छिनोफानो पेनाल्टी सुट आउटका आधारमा गरिएको थियो । पेनाल्टीमा ५–४ गालले नतिजा ब्रिगेड ब्वाइजको पक्षमा गएको थियो । बिग्रेडका कुशल देउवाले पाँचौ गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ दी म्याच बिग्रेडका गोलकिपर विशाल सुनार घोषित भए ।

यसअघि आयोजक डाँगीहाट युथ क्लब र सलहेस युवा क्लब सिरहा सेमिफाइनल प्रवेश गरिसकेका छन् । डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा जारी प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी छन् । आज झापाको बिर्तामोड युथ क्लब र चर्च ब्वाइज क्लब, काठमाडौँबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले आठ लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७