कंगोमा डुंगा दुर्घटना, मृत्यु हुनेको संख्या ४७ पुग्यो


१ कार्तिक २०८०, बुधबार
thumb 4

किन्सासा । उत्तर पश्चिम प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वेटर प्रान्तमा चार दिनअघि झण्डै तीन सय यात्रु बोकेको डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

यातायातमन्त्री मार्क एकिलाले सोमबार जनाएअनुसार कंगो नदीमा शुक्रबार राति भएको जहाज दुर्घटनामा कम्तीमा ४७ जनाको ज्यान गएको छ भने एक जना अज्ञात छन् । यात्रुको अत्यधिक चापका कारण सो दुर्घटना भएको बताइएको छ । आइतबार जारी गरिएको भिडियो रिपोर्टमा प्रान्तका डेपुटी गभर्नर टेलर एनगान्जीले २८ वटा शव फेला परेको र पीडितका आफन्तहरूले २६१ जना बेपत्ता भएको उल्लेख गरेका छन् । घटनास्थलमा पुगेका डेपुटी गभर्नरले दोषीलाई कडा कारबाही गरिने बताएका छन् ।

प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुंगा शुक्रबार अबेर कंगो नदीमा रहेको प्रान्तको बन्दरगाह सहर एमबन्दकाबाट ३ सय किलोमिटर टाढा रहेको बोलोम्बाका लागि छुटेको थियो । यात्रुहरूको संख्या यकिन हुन सकेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७