गुल्सनले लिए युएईको तेस्रो विकेट


१ कार्तिक २०८०, बुधबार
Gulsan1683010909
फाइल फोटो

काठमाडौं । नेपाल त्रिदेशीय श्रृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालका गुल्सन झाले तेस्रो सफलता दिलाएका छन् ।

मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले सातौँ ओभरको पहिलो बलमा तेस्रो विकेट लिएको हो ।

नेपालका गुल्सनले गरेको बलमा यूएईका मुहम्मद वसिम कुशल भुर्तेलबाट क्याच भए । वसिम १७ रन बनाएर आउट भए ।
जारी खेलको सात ओभर समाप्त हुदा यूएईले तीन विकेट गुमाएर ३८ रन बनाएको छ । यसअघि नेपालका लागि पहिलो विकेट सोमपाल कामीले पहिलो ओभरमै लिएका थिए । यस्तै करण केसीले दोस्रो सफलता दिलाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७